नियम ३०
अधिकार क्षेत्रको प्रयोग सामूहिक रूपमा गर्ने
(१) सैनिक विशेष अदालतको अधिकार क्षेत्रको प्रयोग तीनै जना सदस्यले सामूहिक रूपमा गर्नेछन् र बहुमतको राय अदालतको निर्णय मानिने छ ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि अध्यक्ष र अर्को एकजना सदस्यको उपस्थिति भएमा मुद्दाको कारबाही र किनारा गर्न सकिनेछ । अध्यक्ष वाहेक अन्य दुईजना सदस्यको उपस्थितिमा मुद्दाको फैसला गर्न वा अन्तिम आदेश दिन वाहेक अरू कारबाही गर्न सकिनेछ ।
(३) उपनियम (२) बमोजिम दुईजना सदस्यको उपस्थितिमा मुद्दाको कारवाही वा किनारा गर्दा दुईजनाको मतैक्य हुन नसकेमा कारबाहीको हकमा अध्यक्षको राय बमोजिम र फैसला र अन्तिम आदेशको हकमा पहिले अनुपस्थित रहेको सदस्य समक्ष पेश गरी निजले समर्थन गरेको राय सैनिक विशेष अदालतको निर्णय मानिनेछ ।
(४) उपनियम (३) बमोजिम पहिला अनुपस्थित सदस्य समक्ष पेश गर्दा पनि बहुमत कायम हुन नसकेमा निर्णयको लागि सर्वोच्च अदालत समक्ष पेश गर्नु पर्नेछ ।